प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता – Nepal Press

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीका सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको हो ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ ।

सभामुखको अधिकार कटौती गर्न कार्य व्यवस्था समितिको परामर्श चलिरहेका बेला प्रधानमन्त्री र सभामुखको भेट भएको हो ।

प्रतिनिधिसभा नियमावलीको मस्यौदामा सभामुखको अधिकारमा कार्य व्यवस्था समितिको परामर्शका नाममा अंकुश लगाउन खोजिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर