बैतडीका तत्कालीन जिसिअ भट्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर – Nepal Press

बैतडीका तत्कालीन जिसिअ भट्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टविरुद्ध भ्रष्टाचार गरेको भन्दै आरोप-पत्र दायर गरेको छ ।

तत्कालीन जिसिअ भट्टलाई झुट्टा सरुवा पत्रको आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको आरोप लागेको लागेको थियो । अख्तियारले छानबिन गर्दा नियुक्ति पत्र नै नभएको गैर शिक्षक मनकाकुमारी अवस्थीलाई हुनैनाथ आधारभूत विद्यालय सल्सेनाको व्यवस्थापन समितिबाट नियुक्ति भएको बनाइएको पाइएको थियो ।

विना कुनै कागजात नियुक्तिको अभिलेखीकरण गर्न प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई जिसिअले आफै स्वीकृत गरेको पुष्टि भएको समेत अख्तियारले जनाएको छ ।

हुनैनाथ आधारभूत विद्यालयबाट बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरेको समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस बखत जिसिअको पदको दुरुपयोग गरेको सार्वजनिक सम्पत्तिको बदनियत पूर्वक ७४ हजार ९२० रूपैयाँ हानी नोक्सानी गराएको अख्तियारको ठहर छ ।

दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा सोही दफामा उल्लेख भए बमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम बिगो रु.७४,९२०।– (चौरहत्तर हजार नौ सय विष रुपैयाँ) कायम गरी कैद र बिगोबमोजिमको जरिवाना हुन तथा सोही ऐनको दफा १७ बमोजिम हानि नोक्सानी भएको बिगो निजबाट असुल उपर हुन माग दाबी लिइएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर