४३ बलमा डीककको शतक, दक्षिण अफ्रिकाले पूरा गर्‍यो २५९ रनको विश्वकीर्तिमानी टी २० लक्ष्य – Nepal Press

४३ बलमा डीककको शतक, दक्षिण अफ्रिकाले पूरा गर्‍यो २५९ रनको विश्वकीर्तिमानी टी २० लक्ष्य

काठमाडौं । दक्षिण अफ्रिकाले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको लक्ष्य पूरा गर्ने विश्व कीर्तिमान रचेको छ ।

वेस्ड इन्डिजसँगको टी २० श्रृंखलाअन्तर्गत दोस्रो खेलमा आइतबार साँझ २५९ रनको लक्ष्य पूरा गर्दै दक्षिण अफ्रिकाले नयाँ विश्व कीर्तिमान बनाएको हो । दक्षिण अफ्रिकाले १८.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटायाे । दक्षिण अफ्रिकाका क्विन्टन डीककले १००, रिजा ह्याण्डरिक्सले ६८ र कप्तान अइडन मर्क्रमले ३८ रन बनाए ।

१०.५ ओभरमा पहिलो विकेटका लागि १५२ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाले विशाल लक्ष्य पूरा गर्ने आधार बलियो बनाएको थियो । डीककले ४४ बलमा ८ छक्का र ९ चौका प्रहार गरे ।

यस्तै, ह्याण्ड्रिक्सले २८ बलमा दुई छक्का र ११ चौका प्रहार गरे । त्यसअघि जोन्सन चार्ल्सले ३९ बलमा शतक प्रहार गरेपछि वेस्टइन्डिजले २० ओभरमा ५ विकेट गुमाएर २५८ रन बनाएको हो । चार्ल्सले ११८ रन बनाए । ४६ बल खेलेका उनले ११ छक्का र १० चौका प्रहार गरे । यस्तै, कायल मेयर्सले २७ बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ५१ र रोमालियो सेफर्डले १८ बलमा ४१ रन बनाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *