दलहरुलाई हर्क साम्पाङको चुनौती- जोरी नखोज्नु, ८४ सालमा भिडेर मेयर बन्नू अनि धरान चलाउनू – Nepal Press

दलहरुलाई हर्क साम्पाङको चुनौती- जोरी नखोज्नु, ८४ सालमा भिडेर मेयर बन्नू अनि धरान चलाउनू

विराटनगर । धरानका मेयर हर्क साम्पाङले आगामी स्थानीय तहको निर्वाचनमा मेयर बन्न चुनौती दिएका छन् । धरानमा क्रियाशील राजनीतिक दलहरूले साम्पाङलाइ कार्यशैली सच्याउन दिएको चेतावनीको दुई दिनपछि स्टाटस लेख्दै जोरी नखोज्नु भन्ने जवाफ फक्राएका हुन् ।

धरान उपमहानगरमा मेयर र वडाध्यक्षका बीचमा विवाद बढ्दै गएपछि वडाअध्यक्षहरु उनीविरुद्ध आन्दोलनमा छन् । वडाअध्यक्षहरु हातमा कालो पट्टी बाँधेर काममा गएपछि धरानका क्रियाशील राजनीतिक दलहरूले पनि मेयरलाई सच्चिन भन्दै विज्ञप्ति जारी गरेका छन् ।

आन्दोलनरत वडाध्यक्ष र दलहरूलाई मेयर साम्पाङले जवाफ फर्काउँदै लेखेका छन्, ‘मसँग जोरी नखोज्नु । सक्छौ नै भने ८४ सालको चुनावमा भिडेर मेयर बन्नु अनि बल्ल चलाउनु धरान त्यतिन्जेल चुप लागेर बस्नु ।’

उनले अगाडि लेखेका छन्, ‘नयाँ नयाँ विकास र सुशासन हेर्दै कमेन्ट गर्दै बस्नु ।’

उनका स्वकीय सचिव सुदर्शन लिम्बुले वडाअध्यक्षहरुलाई निर्देशनात्मक पत्र पठाएपछि धरानमा मेयर र वडाध्यक्षका बीचमा विवाद बढ्दै गएको छ । विवादका कारण कार्यपालिका बैठक बस्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *