‘मिसन ग्रासरुट’ पार्टी संगठनको सर्भिसिङ हो : निरज आचार्य – Nepal Press

‘मिसन ग्रासरुट’ पार्टी संगठनको सर्भिसिङ हो : निरज आचार्य

सुर्खेत । नेकपा एमालेका केन्द्रीय सदस्य निरज आर्चायले पार्टीका सेल स्तरसम्मका संगठनको सर्भिसिङ्ग गर्ने अभियान भएको बताएका छन् । नेकपा एमाले कर्णाली प्रदेशका जिल्लाहरुमा पार्टी सुदृढीकरणका लागि मिसन ग्रासरुट अभियानका क्रममा कालिकोटको पलाता गाउँपालिकामा छलफल गर्दै पार्टी केन्द्रीय निर्वाचन विभागका उपप्रमुख समेत रहेका नेता आचार्यले यस्तो बताएका हुन् ।

पार्टी भित्रका सबै केन्द्रदेखि सेलस्तरका तहका कमिटीहरुको स्पीडअप गर्नका लागि पार्टीले दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको आचार्यले बताए ।

‘कुनै पनि सेवा साधनको रेस बढेन, इन्जीन राम्रोसँग चलेन भने सर्भिसिङ्ग गर्नुपर्छ’, उनले भने, ‘त्यसरी नै पार्टीको आन्तरिक जीवनलाई समिक्षा सहितको समस्या पहिचान गर्दै तिब्रहरुमा बढाउनका लागि दुई महिने मिसन ग्रासरुट अधियान सञ्चालन गरिएको हो ।’

उनले राष्ट्रिय राजनीतिमा एमाले जत्तिको कुनै शक्तिको कल्पना गर्न नसकिने उल्लेख गरेका आचार्यले देशभर एकै दिन वडा र पालिका अधिवेशन सम्पन्न गरेर सांगठनिक जीवनलाई पुनरताजगी गरेको एमालेका संगठनलाई धारिलो बनाउन बाँकी रहेकाले यो पटक मिसन ग्रासरुट अभियान सञ्चालन गर्नु परेको उल्लेख गरे ।

त्यस्तै, एमाले केन्द्रीय सदस्य तथा पुर्वमन्त्री दल रावलले नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा छाटो आयू गरेको पार्टी माओवादी भएकाले त्यसको क्षणीक भ्रममा नपर्न कालीकोटवासीलाई आग्रह गरे ।

नितान्त व्यक्तिगत स्वार्थ र अपरिपक्व योजनाका आधारमा माओवादी नेतृत्व चलेकाले देशमा कम्युनिस्ट पार्टीहरुबीच एकता टिक्न नसकेको उल्लेख गर्दै रावलले अबका हरेक निर्वाचनमा एकमाले एक्कै पहिलो शक्ति बन्नेमा कसैले रोक्न नसक्ने दाबी गरे ।

देशको राष्ट्रियता र नजीविकाका सवालमा एमालेको नेतत्व बाहेक अन्य कुनैपनि दलको नेतृत्वसँग भिजन नभएको दाबी जनाउँदै उनले भने, ‘राष्ट्रिय स्तरमा कालिकोटलाई जुन हिसाबले हेरिन्छ जनस्तरमा एमालेप्रति निकै उत्साहजनक लहर चलेको छ । यसले पनि आगामी निर्वाचनमा एमालेको जित निश्चित देखिन्छ ।’

एमाले पलाँता गाउँ कमिटीका अध्यक्ष हर्ष वमको अध्यक्षतामा बसेको भेलामा केन्द्रीय सदस्यद्वय आचार्य, रावल कर्णाली प्रदेश कमिटी सदस्य पूर्ण प्रसाद ढकाल, एमाले कर्णाली प्रदेश प्रचार विभागका उपप्रमुख तथा प्रेस चौतारी अनुशासन आयोगका अध्यक्ष नवराज महतारालगायत पलाता, पाचल झरनाका गाउँ कमिटी, वडा कमिटीका पदाधिकारीहरुको उपस्थिती रहेको एमाले पलाता गाउँ कमिटी सदस्य नवराज बमले जानकारी दिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर