थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाइनलमा – Nepal Press

थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाइनलमा

कैलाली । थ्रीस्टार क्लव छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै थ्रीस्टारले अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्रीस्टारले दोस्रो हाफमा गोल गरेको थियो । उसका लागि खेलको ५९औं मिनेटमा दीपेश गुरुङले गोल गर्दै जीत दिलाएका हुन् । खेलको एसपीए ‘म्यान अफ दी म्याच’ पनि दीपेश गुरुङ नै घोषित भए ।

थ्रीस्टारले सेमिफाइनलमा सुदूरपश्चिम ११ र नेपाल पुलिस क्लबबीचको विजेतासँग भिड्नेछ । खेल चैत १६ गते हुनेछ ।

प्रतियोगिताअन्तर्गत सोमबार मनाङ मर्स्याङ्दीले बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो ३ः३० बजे हुनेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगिता सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजनका ६, विदेशी २, मोफसलको एक र आयोजक गरी १० टोलीको सहभागिता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *