कांग्रेसले तीनवटा प्रदेश सरकारको नेतृत्व गर्ने नेता खतिवडाको दाबी (भिडिओ) – Nepal Press

कांग्रेसले तीनवटा प्रदेश सरकारको नेतृत्व गर्ने नेता खतिवडाको दाबी (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले कांग्रेसले तीनवटा प्रदेश सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश सरकारको पनि एकैपटक डिल गर्नुपर्ने हुँदा केन्द्र सरकारलाई पूर्णता दिन ढिलाई भएको बताए ।

उनले पर्सीसम्ममा मन्त्रीहरुले शपथ लिइसक्ने दाबी गरे ।

उनले भने, ‘अहिले एउटा प्रदेशको नेतृत्व गरेको छ। अब दुई वटा प्रदेशको नेतृत्व गर्छ ।’

अहिले कांग्रेसले सुदुरपश्चिम प्रदेशको नेतृत्व गरिरहेको छ भने लुम्बिनी र गण्डकीको पनि आफ्नो हातमा ल्याउने प्रयास गरिरहेको छ ।

उनले कांग्रेसले गठबन्धन दलका सबैलाई समेटेर अगाडि बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर