‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने – Nepal Press

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको भिडिओ अब नियमित हरेक महिना अपलोड हुने भएको छ ।

ओलीको संस्मरणको दोस्रो भाग आज अपलोड भएको छ । ‘मेरो जेल अनुभव र नयाँ पुस्ता’ शीर्षकको उक्त भिडियो २९ मिनेटको रहेको छ ।

भिडियो

यसअघि अध्यक्ष ओलीको ७१ औं जन्मदिनको अवसरमा उक्त भिडियो च्यानल सुरु गरिएको थियो । पहिलो भागमा ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षकमा ओेली मृत्युबाट संयोगवश बाँचेका घटनाहरु प्रस्तुत गरेका थिए ।

दोस्रो भागमा जेलभित्रको जेलका रुपमा मानिने गोलघर भित्रको आफ्नो जीवनबारे वताएका छन् । अध्यक्ष ओलीले निरंकुश व्यवस्थाबिरुद्ध कठोर संघर्ष र यातनापूर्ण जेल जीवन लगायतका विषयमा नयाँ पुस्तासँग आफूलाई क्रमशः साक्षत्कार गर्ने ओलीको सचिवालयले जनाएको छ ।

लोकतान्त्रिक अधिकार उपभोग गरिरहेको अहिलेको समाज र बोल्ने, लेख्ने, दल खोल्ने तथा संगठित गतिविधि गरे सजाय हुने त्यसबेलाको समाजको भेदलाई बुझ्न समेत यसले सघाउ पुर्याउने सचिवालयले जनाएको छ ।

विचार र वाक् स्वतन्त्रतामा बन्देज रहेको र दलहरुमाथि प्रतिबन्ध रहेको निरंकुश पञ्चायती व्यवस्थाको कठोर कालखण्डमा राज्य विरुद्धको अपराधको झुठा मुद्दा लगाएर ओलीलाई १४ वर्षे कठोर कारावास राखिएको थियो । १४ वर्षको जेल जीवनमध्ये ४ वर्षसम्म ओलीलाई गोलघरमा राखिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर