कञ्चनपुरमा लागु औषधसहित तीनजना पक्राउ

२०७९ चैत १२ गते १६:४६

कैलाली । कञ्चनपुरमा प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ जाईँ जाने भित्री बाटोमा से २ प ५५१३ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० बस्ने टेक गौतम, सोही ठाउँ बस्ने कृष्ण राना र बेलौरी नगरपालिका वडा नम्बर ९ बस्ने प्रदीप चौधरीलाई पक्राउ गरिएको छ ।
प्रहरीले उनीहरूको साथबाट ३ दशमलव ११० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर