चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पदाधिकारीमा वरिष्ठ प्राध्यापकहरु नियुक्ति गर्न माग

२०७९ चैत १२ गते १६:०६

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आधिकारिक ट्रेड युनियनले प्रतिष्ठानको पदाधिकारी वरिष्ठ प्राध्यापकहरु मध्येबाट नियुक्ति गर्ने माग गरेको छ ।
युनियनले आज प्रधानमन्ती एवम् कुलपति र स्वास्थ्य सचिवलाई ज्ञापनपत्र दिँदै पदाधिकारी नियुक्ति गर्ने र पदाधिकारीमा ५१% पदाधिकारी प्रतिष्ठान सेवा (वीर अस्पतालमा कार्यरत प्रतिष्ठान तर्फ) शिक्षक/कर्मचारीबाट नियुक्ति गर्नुपर्ने मागसमेत गरेकोे छ ।
युनियनका अध्यक्ष डा. प्रकाश बहादुर थापा र सचिव दिपक मुडभरीले प्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्रालयका सचिवलाई पत्र लेख्दै यस्ताे माग गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर