प्रचण्डलाई ओलीको कटाक्ष- मति बिग्रेकालाई प्रधानमन्त्री बनाएँ, भोलिपल्टबाटै चालमाल ठीक भएन (भिडिओ) – Nepal Press

प्रचण्डलाई ओलीको कटाक्ष- मति बिग्रेकालाई प्रधानमन्त्री बनाएँ, भोलिपल्टबाटै चालमाल ठीक भएन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सपार्न प्रधानमन्त्री बनाएको भएपनि सफल नभएको बताएका छन् ।

मिसन ग्रासरुट अभियानअन्तर्गत अर्घाखाँचीमा पुगेर उनले भने, ‘अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो । मति बिग्रेकाको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो । तर, हामीले देख्यौं सरकार बनाइदिएको भोलिपल्टबाट मैले हेरें चालमाल ठिक छैन ।’

उनले आफूहरुले कम्युनिष्ट पार्टीलाई दुई तिहाइको अवस्थामा पुर्याएको भएपनि जोगाउन नसकेको बताए ।

उनले स्मरण गर्दै भने, ‘हामीलाई अहिले हटाइयो जालझेल गरेर। आवश्यकता एकतिर थियो । तर, संसदको अंकगणित गलत ढंगले प्रयोग गरेर हटाइयो । तर, हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन, हामी सिंहदरबारको मुल ढोकाबाट फेरि सिंहदरबार फकिन्छौं भन्ने मैले हामीलाई हटाउने बेलाम भनिएको थिए ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर