सिके राउतको कटाक्ष- मन्त्रीबिना बाँच्नै नसक्नेलाई ल्याउन बारा २ मा उपचुनाव तोकियो – Nepal Press

सिके राउतको कटाक्ष- मन्त्रीबिना बाँच्नै नसक्नेलाई ल्याउन बारा २ मा उपचुनाव तोकियो

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई तीन/चार महिना मन्त्रीबिना बाँच्न नसक्ने भएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो कटाक्ष गरेका हुन् ।

उनले भने, ‘बारा २ मा सांसद पद खाली भएको सूचना संसदमा पढ्न पाएको छैन । उता निर्वाचन आयोगले तुरुन्तै निर्वाचनको कार्यक्रम वैशाख १० मै घोषणा गरिसक्यो यही रफ्तारमा अरु काम पनि धेरै भइदियो भने त राम्रो हुन्थ्यो जस्तो लाग्छ । कसैलाई चाहिँ तीन/चार महिना मन्त्रीबिना बाँच्नै नसक्ने भयो भन्दैमा निर्वाचन आयोगले १०/२० दिनको समय राखेर निर्वाचन गराउन मिल्दैन ।’

उनले आयोगको यो कदमले विश्वासनियतामाथि प्रश्न उठाएको बताए । उनले भने, ‘निर्वाचन निष्पक्ष रुपमा गराउनुपर्छ । त्यहाँ प्रहरी प्रशासनको दुरुपयोग गराउन हुँदैन ।’

उनले निर्वाचन आयोगलाई सरकारको तर्फबाट कुनै दबाब नराख्न समेत आग्रह गरे । बारा २ मा जसपा अध्यक्ष यादव निर्वाचन लड्ने तयारी थालेपछि राउत त्यसको आक्रमक रुपमा विपक्षमा उभिएका छन् । उनले बारा २ मा उपेन्द्रलाई हराउँनका लागि लोसपा र नागरिक उन्मुक्तिसँग कार्यगत एकता गरेरै अभियान चलाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर