प्रकाश धितालको निर्देशनमा तयार ‘तिम्रो संसार बेग्लै भयो’ मा विकास र रुषा – Nepal Press

प्रकाश धितालको निर्देशनमा तयार ‘तिम्रो संसार बेग्लै भयो’ मा विकास र रुषा

काठमाडौं । गायक प्रवीन बेडवालको स्वर रहेको तिम्रो संसार बेग्लै भयो बोलको गीतको भिडिओ रिलिज गरिएको छ । गीतकार लोकराज अधिकारीको शब्द सृजना रहेको सार्वजनिक गीतमा ज्योती प्रकाशको संगीत छ ।

मनोहर सुनामको एरेन्ज रहेको भिडिओमा मोडलद्वय विकाश चौहान, रुषा न्यौपाने र रमेश खड्काको अभिनय देख्न सकिन्छ । प्रेम, रोमान्स र वियोगलाई नजिकबाट देखाइएको भिडिओको निर्देशन युवा निर्देशक प्रकाश धितालले गरेका हुन् ।

उत्सव दाहालको छायांकन तथा विकास दाहालको सम्पादन रहेको भिडिओ द वेभ डिजिटलबाट बजारमा आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *