प्रतिनिधिसभामा प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुरामा किन भएन जनगणना ? – Nepal Press

प्रतिनिधिसभामा प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुरामा किन भएन जनगणना ?

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नभएको विषय उठेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले त्यहाँ जनगणना नभएको कुरा के हो ? भनेर प्रश्न गरे ।

उनले भने, ‘जनगणनाको तथ्यांक सार्वजनिक भएको छ । त्यो जनगणना गर्दाखेरी कालापानी, लिपुलेक र लिम्पियाधुराको जनगणना नभएको भन्ने जानकारी आयो । के यो साँचो हो ? हाम्रो देशको सबैभन्दा धेरै चर्चा भएको ठाउँको जनगणना किन भएन ? २०१८ सालमा जनगणना भएको क्षेत्रमा अहिले किन हुन सकेन ? सम्बन्धित निकायले जवाफ देओस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर