शून्य समयमा उठेका एजेन्डामा रास्वपाले खोज्यो सरकारको जवाफ

२०७९ चैत १२ गते १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले शून्य समयमा उठेको विषयमा जवाफ दिन माग गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘शून्य समयमा उठेका धेरै विषयको सरकारले जवाफ दिएको छैन। त्यो जवाफको पनि माग गर्छु।’
उनले आर्थिक संकटको कारणले कुनै विकास निर्माणको काम अघि बढ्न नसकेको बताए।
उनले भने, ‘अहिले देश आर्थिक संकटमा परिरहेको छ। कैयौँ विकासका आयोजनाहरू सुचारु भएको देखिँदैन। स्थानीय तह र संघीय सरकारको समन्वय पनि देखिँदैन। विकासका कामहरूलाई सरकारले अहिले ल्याइरहेको विधेयकमार्फत अनुगमन राम्रोसँग गरेर यथार्थ विवरण पेश गर्ने हो कि ?’
प्रतिक्रिया