सुर्खेतमा टिपरले च्यापिएर चालकको मृत्यु – Nepal Press

सुर्खेतमा टिपरले च्यापिएर चालकको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- १ मा टिपरले च्यापिएर चालकको ज्यान गएको छ । बाँगेसिमलदेखि ल्याण्डफिल्ड साइट जाने सडक निर्माणको क्रममा ढुंगा बोकेको टिपर पल्टिँदा च्यापिएरचालकको मृत्यु भएको हो ।

भे १ ख २२०५ नम्बरको टिपर सडक किनारामा पल्टिँदा वीरेन्द्रनगर नपा- २ टेम्पोपार्क बस्ने चालक २२ वर्षीय उमेश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

ढुंगा झार्ने क्रममा टिपर अनियन्त्रित हुँदा चालक उमेश च्यापिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *