‘भष्मे डन’ मा स्वस्तिमाको दुर्गा अवतार – Nepal Press

‘भष्मे डन’ मा स्वस्तिमाको दुर्गा अवतार

काठमाडौं । गत शुक्रबारदेखि फ्लोरमा गएको चलचित्र ‘पशुपतिप्रसाद-२ भष्मे डन’ मा नायिका स्वस्तिमा खड्काको लुक्स सार्वजनिक भएको छ । छायांकन सेटबाटै सार्वजनिक भएको लुक्समा उनलाई दुर्गा भवानीको रुपमा देख्न सकिन्छ ।

केही दिनअघि मात्र नायक विपीन कार्कीको सेटबाटै ‘भष्मे डन’ को लुक्स सार्वजनिक भएको थियो । सात वर्षअघि हिट भएको चलचित्र ‘पशुपतिप्रसाद’ को दोस्रो संस्करण ‘पशुपतिप्रसाद-२ भष्मे डन’को अहिले पशुपति परिसरमा छायांकन चलिरहेको छ ।

चलचित्रलाई निरज कँडेलले खिचिरहेका छन् । खगेन्द्र लामिछानेको पटकथा, लेखन र निर्माण रहेको यो चलचित्र भष्मे डनको पात्रमा आधारित छ । दीपेन्द्र के खनालले निर्देशन गरिरहेको चलचित्रमा विपीन र स्वस्तिमाबाहेक सौगात मल्ल, वर्षा सिवाकोटी, खगेन्द्र लामिछानेलगायतको अभिनय रहेको छ ।

चलचित्र आगामी दशैंमा रिलिज हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर