राष्ट्रपति रामचन्द्र पौडेल गोरखामा – Nepal Press

राष्ट्रपति रामचन्द्र पौडेल गोरखामा

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न गोरखा पुगेका छन् ।

नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति पौडेल आइतबार बिहान १० बजे गोरखा पुगेका हुन् । मन्दिरमा पूजा अर्चना र दर्शन गरेर उनी करिब दुई घण्टा गोरखामा रहेर फर्कने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर