छायाङ्कन नसकिँदै चलचित्र ‘जय हो’ को विदेश राइट्स बिक्री – Nepal Press

छायाङ्कन नसकिँदै चलचित्र ‘जय हो’ को विदेश राइट्स बिक्री

काठमाडौं । शोभित बस्नेतको प्रस्तुतिमा निर्माण हुने सिनेमा ‘जय हो’ को छायाङ्कन अगावै विदेश राइट्स बिक्री भएको छ । नमस्ते इन्टरटेनमेन्टले सिनेमाको विदेश राइट्स किनेको हो ।

अब सिनेमा नेपाल बाहिर विभिन्न देशमा रिलिज गर्न चाहनेले नमस्ते इन्टरटेनमेन्टसँग सम्पर्क गर्नु पर्न हुनेछ।

देव कार्की सञ्चालक रहेको यो कम्पनीले यसअघि प्रदर्शनरत सिनेमा ‘छक्का पञ्जा ४’ र आगामी चैत्र २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘प्रसाद २’ को अष्ट्रेलिया राइट्स किनेको छ । साथै यसअघि चलचित्रहरू दुई नम्बरी, कबड्डी कबड्डी कबड्डी र आमाको राइट्स किनेको थियो।

टेक पौरखी राईको निर्देशन निर्माण हुने सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ अतिथि कलाकारमा रोहित रुम्बा लगायतको अभिनय रहेको छ ।

सिनेमाको द्वन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने र सम्पादनमा बनिश शाह रहेका छन्।
सिनेमा यहीँ चैत्र ११ बाट गते बाट फ्लोरमा गएको छ।

सिनेमा यतिबेला पोखराको विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ। सिनेमाको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायाङ्कन पोखरामा गरिनेछ ।

सुरेश न्यौपानेको कथा लेखन रहेको सिनेमामा सौरभ लामाको छायाङ्कन तथा शम्भु जित बाँस्कोटा र सागर आले मगरको संगीत रहने छ । कमेडी, एक्सन र लभस्टोरीको सम्मिश्रण रहने सिनेमा आगामी भाद्र ८ अर्थात् अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमको भनाइ छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् ।

अधिकारी र सरकार जय हो बिजनेस ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *