फेवातालको सिमसार क्षेत्र पुरिरहेका २ ट्रिपर महानगरको नियन्त्रणमा – Nepal Press

फेवातालको सिमसार क्षेत्र पुरिरहेका २ ट्रिपर महानगरको नियन्त्रणमा

पोखरा । फेवातालको सिमसार क्षेत्र पुर्ने काम गरिरहेका २ वटा ट्रिपरलाई पोखरा महानगरले नियन्त्रणमा लिएको छ ।

फेवाको सिमसार र रामसार क्षेत्र पुर्ने काम गरिरहेका वाईयूके कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लिका सञ्चालक युवराज खतिवडाको २ वटा जेसिव र एउटा ट्रिपरको चाबी सहित २ वटा ट्रिपरहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए । थापाका अनुसार खतिवडा महानगरको पटके कारबाहीमा परिसकेका व्यक्ति हुन् ।

उनले लामो समय देखी फेवातालको सिमसार क्षेत्र पुर्नकालागि प्रति रोपनी ५ लाख रुपैयाँमा लिने गरेको पाइएको नगर प्रहरी प्रमुख थापाले बताए । सिमसार क्षेत्र पुर्नका लागि उनले रातको समयमा काम गर्ने गरिरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर