मकवानपुरमा महिलाले गरिन् आत्मदाह प्रयास

२०७९ चैत १२ गते ९:०४

हेटौँडा । मकवानपुरमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।
उत्तरी मकवानपुरको इन्द्र सरोबर गाउँपालिका ४ छापकी ३३ वर्षीय सुमिना डिमडुङकले घरायसी विवादको कारण आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
घरमा राखिएको एक बोतल डिजेल आफ्नो शरीरमा खनाएर आगो लगाएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारको लागी कीर्तिपुर अस्पताल काठमाडौं पुर्याइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर