राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सरकार र निजी क्षेत्र एक ठाउँमा हुनुपर्छ : सभामुख घिमिरे – Nepal Press

राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सरकार र निजी क्षेत्र एक ठाउँमा हुनुपर्छ : सभामुख घिमिरे

काठमाडाैं । सभामुख देवराज घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन् ।

शनिवार धुलिखेलमा भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघको पाँचौँ साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार,संसद् र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका हुन् ।

उनले व्यवसायीहरूलाई व्यवसाय चलायमान बनाउन उत्साहित तथा प्रोत्साहन गर्नुपर्ने भन्दै त्यस्तो काम हुन नसकेको बताए । अहिलेको अवस्थामा अवस्थामा एकतर्फी रूपमा बैंकको ब्याजदर वृद्धि गर्न नहुने उनको भनाई थियो ।

उनले वर्तमान परिस्थितिलाई चाँडै अन्त्य गर्नको लागि सरकार, संसद्, सांसद र निजी क्षेत्रको भूमिका एक ठाउँ ल्याउन आवश्यक रहेको बताए ।

घिमिरेले पछिल्लो समय बैंकको ब्याजदर वृद्धि लगायत व्यवसायीहरूका अन्य समस्या समाधान गर्नको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।

सभामुख घिमिरेले व्यवसायीहरूको आन्दोलन भन्दा वार्ताका माध्यमबाट समस्या समाधानको लागि भूमिका खेल्न आवश्यक रहेको उल्लेख गरे । उनले देशको अर्थतन्त्रमा गम्भीर स्थिति देखा परेको भन्दै त्यसको सामना गर्नको लागि सबैले आ– आफ्नो ठाउँबाट लाग्न जरुरी रहेको बताए ।

महासंघले साधारण सभामार्फत बैंकको ब्याजदर एकल अंकमा ल्याउन आवश्यक पहल गर्न माग गरेको छ । महासंघले समय उद्योगी व्यवसायीहरूका समस्या समाधान गर्न सरकार गम्भीर हुन माग गरेको छ ।

बैंक कर्जाको ब्याजदर सरकारले एकल अंकमा ल्याउनुपर्ने, सरकारले बिदेसिने युवाहरूलाई देशभित्र नै रोजगारी दिनको लागि स्वरोजगार
मूलक तालिमको व्यवस्था गर्ने, व्यवसायीले आयात गर्ने वस्तुहरूको भन्सार दर कम गर्नु पर्ने र व्यवसायीहरूलाई लगाइएको दोहोरो कर प्रणाली अन्त्य गर्नुपर्ने माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *