मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक जारी – Nepal Press

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा अहिले बैठक जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तार र उप निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

१० दलीय गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत सरकारमा सामेल गराउने बारेमा छलफल जारी रहेको नेताहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर