कोरोनाकालमा लेखिएको शाहीको ‘समय सकस’ पुस्तक लोकार्पण – Nepal Press

कोरोनाकालमा लेखिएको शाहीको ‘समय सकस’ पुस्तक लोकार्पण

सुर्खेत । प्रदेश लोक सेवा आयोगका सदस्य बसन्ती शाहीद्वारा लेखिएको समय सकस नामक पुस्तकको लोकार्पण गरिएको छ । कर्णाली राजधानीमा शनिवार लोकार्पण समारोहको आयोजना गरि सकस नामक पुस्तकको विमोचन गरिएको हो ।

विश्वभर महामारीका रूपमा फैलिएको कोभिडले ठूलो सङ्कटको रूपमा देखा परेको थियो छ । उक्त महामारी कारण विश्वले मानवीय र आर्थिक सङ्कट एकै पटक सामना गर्नु परेको थियो ।

यसले विश्व अर्थतन्त्रको समग्र उत्पादन, उत्पादकत्व एवं आपूर्ति प्रणालीमा प्रतिकूल प्रभाव पनि थियो । असहज परिस्थितिले नेपालको अर्थतन्त्र र जनजीवनमा समेत गम्भीर असर पर्‍यो । धेरैले ज्यान गुमाउनु पर्‍यो । त्यसैले कोरोना काल खण्ड बारेमा उक्त पुस्तक लेखिएको लेखक बसन्ती शाहीको भनाइ छ ।

सो पुस्तक ४०२ पृष्ठको रहेको छ । उक्त पुस्तकलाई कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले लोकार्पण गरेका छन् ।

पुस्तकमाथि बालरोग विशेषज्ञ डा. नवराज केसी, मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार महेन्द्र मल्ल तथा साहित्यकार देवकी तिमिल्सिनाले टिप्पणीले आफ्नो भनाइ राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर