तिलोत्तमा गोल्डकपको आज फाइनल भिडन्त: कसले चुम्ला उपाधि ? – Nepal Press

तिलोत्तमा गोल्डकपको आज फाइनल भिडन्त: कसले चुम्ला उपाधि ?

रुपन्देही । रुपन्देहीको बुटवलस्थित तिलोत्तमा गोल्डकपको उपाधि भिडन्त आज हुँदैछ । २२ औं संस्करण रहेको फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र सुदूरपश्चिम ११ बीच भिडन्त हुँदैछ।

फाइनल खेल बुटवल देवीनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा दिउँसो तीन बजेदेखि सुरु हुनेछ।मनाङले सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई टाइब्रकेरमा पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको थियो।

उता सुदूरपश्चिमले भने सेमिफाइनलमा थ्री स्टारलाई १–० ले हराएको थियो। यी दुवै टिमले हालसम्म तिलोत्तमा गोल्डकपको उपाधि जित्न सकेका छैनन्। दुवै टीमले आफूले उपाधि जित्ने दावी गरेका छन् ।

दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयां नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयां पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *