पहिरन र अवसर अनुरुप कसरी छान्ने गुणस्तरीय जुत्ता ? (भिडिओ) – Nepal Press

पहिरन र अवसर अनुरुप कसरी छान्ने गुणस्तरीय जुत्ता ? (भिडिओ)

काठमाडौं । सामान्यरुपमा भन्नु पर्दा जुत्ता वा चप्पललाई मानव खुट्टालाई सुरक्षित राख्नका निमित्त पहिरिने वस्तुको रुपमा लिन सकिन्छ ।

जुत्ता निर्माणको इतिहासलाई मध्यनजर गर्दा आज भन्दा लगभग १० हजार वर्ष अगाडिदेखि मानिसहरुले जुत्ताको निर्माण तथा उपोभोग गर्दै आएका छन् ।

खुट्टाका औँलाहरुलाई सुरक्षित बनाउनका निमित्त कपडा बुनेर जुत्ता बनाउने विधिदेखि सुरु भएको फुटवेर कल्चर हालसम्म आउँदा निकै विकसित भएको छ ।

भिडिओ:

जुत्ता चप्पल उद्योगमा आएको व्यापक परिवर्तनले हाल फुटवेयरका विभिन्न प्रकार तथा ब्राण्डहरुका अनेकन विकल्प ग्राहकहरु माझ सजिलै उपलब्ध छन् । यति मात्र नभएर कुनै पनि व्यक्तिको ‘लुक्स’ लाई परिभाषित गर्नका निमित्त सो व्यक्तिको ‘फुटवेयर’ अर्थात सो व्यक्तिले लगाएको जुता वा चप्पलले महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।

अझै सहज रुपमा भन्नु पर्दा हालको समयमा जुत्ता वा चप्पल खुट्टालाई सुरक्षित राख्ने पहिरन मात्र नभएर स्टाइलिङको प्रतिकको रुपमा पनि लिने गरिन्छ ।

विविध डिजाइन तथा ब्राण्डको सहज उपलब्धताको कारण ग्राहकहरुले आफ्नो आवश्यकता अनुरुप जुत्ता वा चप्पल खरिद गर्न सक्ने अवस्था रहेतापनि सोही कारणले गर्दा धेरै मानिसलाई कुन अवसर वा कुन पहिरनमा कस्तो डिजाइनको जुत्ता लगाउने भन्ने विषयमा अन्योलता पैदा भएको पनि देख्न सकिन्छ ।

यस सामाग्री मार्फत आज हामीले पहिरन र अवसरअनुरुप कसरी जुत्ता छान्न सकिन्छ भन्ने विषयमा सविस्तार वर्णन गर्नेछौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *