तीन मन्त्री र उपचुनावमा एक सीट नपाए सरकारमा सहभागी नहुने झलनाथ खनालको दाबी – Nepal Press

तीन मन्त्री र उपचुनावमा एक सीट नपाए सरकारमा सहभागी नहुने झलनाथ खनालको दाबी

इलाम । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले संघीय सरकारमा तीन मन्त्रालय र प्रदेशमा एक मुख्यमन्त्रीसहित सरकारमा जाने बताएका छन् ।

पाँचथरमा शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले बारा २, चितवन २ र तनहुँ १ मा वैशाख १० मा हुने उपचुनावमा एक सीट आफ्नो पार्टीले पाउँनुपर्ने समेत बताए ।

खनालले गठबन्धनबाट सम्मानजनकरुपमा ती कुरामा सहमति नभए सरकारमा सहभागी नहुने समेत बताए । उनले उपचुनावमा एक सीट नपाए गठबन्धन टिकाइराख्न आफूहरु बाध्य नहुने समेत बताए ।

खनालले गठबन्धन सत्ताका लागिमात्र बनेको भन्दै अहिले बनेको गठबन्धनले पनि देशको हित नगर्ने बताए । उनले वामपन्थीहरु मिल्नुपर्ने आफ्नो अडान कायमै रहेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर