भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पद खारेज

२०७९ चैत १० गते १५:१६

काठमाडौं । चार वर्षपहिलेको एक अभिव्यक्तिलाई लिएर २ वर्ष जेल सजायको फैसला भएलगत्तै भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पनि पनि खारेज भएको छ ।
लेकसभा सचिवालयले सूचना जारी गर्दैगान्धी सांसद पदका लागि अयोग्य रहेको जनाएको हो । उनी केरल राज्यको वायनाड क्षेत्रबाट सांसद जितेका थिए ।
भारतीय संविधानको धारा १०२ को उपधारा १ बमोजिम अदालतले जेल सजाय तोकेसँगै सांसद पद खारेज भएको सचिवायले जनाएको छ । गान्धीले अदालतले दिएको सुविधाअनुसार जमानत भने पाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर