८५ लाख पेस्की लिएर अस्पताल भवन नबनाउने कम्पनीविरुद्ध नगरपालिकामा धर्ना – Nepal Press

८५ लाख पेस्की लिएर अस्पताल भवन नबनाउने कम्पनीविरुद्ध नगरपालिकामा धर्ना

कैलाली । कञ्चनपुरको बेदकोटमा निर्माण गर्ने भनिएको १५ शय्याको अस्पताल भवन निर्माणमा चासो नदिएको भन्दै स्थानीयले आज नगरपालिका कार्यालयमा धर्ना दिएका छन् ।

२०७७ सालमा शिलान्यास गरेर २०७९ सालको चैत्र मसान्त सम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म कुनै काम अगाडि नबढेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

बेदकोट १५ शय्या अस्पताल निर्माण संघर्ष समितिले फागुन २९ गते लिखित रुपमा चैत्र ४ सम्ममा अस्पताल निर्माण प्रक्रिया सुरु गर्न माग गरेको थियो । त्यसपछि पनि नगरपालिकाले चासो नदिएको भन्दै आज धर्ना दिइएको समितिका संयोजक खगेन्द्र नाथले जानकारी दिए ।

उनले अहिलेसम्म नगरपालिकाले यस विषयमा चासो नदिएको बताए । राजेन्द्र निर्माण सेवाले ८५ लाख पेस्की दिएर अहिले काम अलपत्र पारेको भन्दै तत्काल अगाडि बढाउन उनले माग गरे ।

आज कार्यालयमा २ घण्टा धर्ना दिएको संघर्ष समितिले अझै माग सम्बोधन नभए १४ गते निर्माण कम्पनीको सम्पर्क कार्यालय घेराउ र निर्माण सामग्री जफत गर्ने, २० गते नगरपालिकामा तालाबन्दी गर्ने र २५ गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *