४१७ बचतकर्ताको जाहेरीपछि उत्तम सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा दर्ता
१३ करोडभन्दा बढी रकम ठगी र हिनामिना गरेको आरोप

२०७९ चैत १० गते १३:५७

सांकेतिक तस्विर
काठमाडौं । काठमाडौं महानगरपालिका- ३ स्थित उत्तम बचत तथा सहकारी संस्थाका अध्यक्षसहित ७ जनाविरुद्ध १३ करोड रुपैयाँभन्दा बढी रकम ठगी र हिनामिना गरेको आरोपसहित मुद्दा दायर भएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार अभियोगपत्र दायर गरेको हो ।
प्रहरीले अध्यक्ष लक्ष्मी श्रेष्ठ र सदस्य शिला रानाभाटलाई पक्राउ गरेको छ भने ५ जना फरार छन् । ४१७ जना बचतकर्ताको जाहेरीपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
सहकारीमा आफूले जम्मा गरेको रकम नदिएको र सञ्चालकहरु सम्पर्कमा नआएको भन्दै बचतकर्ताहरु प्रहरीकहाँ पुगेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर