पारस शाहलाई माधव नेपालको कटाक्षः दाह्री पाल्दैमा जोगी हुँदैन, ऊ भोगी हो (भिडिओ) – Nepal Press

पारस शाहलाई माधव नेपालको कटाक्षः दाह्री पाल्दैमा जोगी हुँदैन, ऊ भोगी हो (भिडिओ)

‘नेपालका राजा कुनै गतिला छैनन्’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा कुनै पनि राजाहरू गतिला नभएको टिप्पणी गरेका छन् । अहिले राजतन्त्र पुन:स्थापनाका लागि फेरि वैठकहरू बस्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

नेकपा एसनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रममा बोल्दै नेपालले पूर्वराजा पारसका विषयमा पनि टिप्पणी गरेका थिए ।

उनले भने, ‘अहिले देशको कोर्स चेन्ज गर्न राजा आऊ देश बचाऊ भन्नेहरू देखिरहनुभएको छ । राजतन्त्र पुन:स्थापना गर्नुपर्छ भन्नेहरू मिटिङ/बैठक बसिरहेका छन् । के नेपालमा कुनै राजा गतिला छन् ? उनले आएर गर्छन् ? भ्रष्टाचारबाट मुक्त छन् ? सुशासनको पक्षपोषक छन् ? त्यागी तपस्वी छन् ? जोगी सन्न्यासी भएर आएका छन् ?’

नेपालले पूर्वराजा पारसलाई लक्ष्यित गर्दै लामो दाह्री पाल्दैमा जोगी नहुने बताए ।

‘राजाको छोराले लामो दाह्री पालेको देखेर जोगी भए भन्ने नठान्नुहोला । त्यो जोगी होइन भोगी हो,’ नेपालले भने ।

यदि साँच्चै त्यागी र तपस्वी हो भने नेपालको राजनीतिमा हातेमालो गर्न उनले आह्वान गरे ।


प्रतिक्रिया

One thought on “पारस शाहलाई माधव नेपालको कटाक्षः दाह्री पाल्दैमा जोगी हुँदैन, ऊ भोगी हो (भिडिओ)

  1. सबैभन्दा भोगी र राजनीतिमा नैतिकता भन्ने चिज नभएको मान्छे मैले खोज्दा त तिमी पो पाएँ । जनताले हराएको मान्छे प्रधानमन्त्री खान जाने, मन्त्री खान पाउँछौ भन्दै लोभ देखाएर आफूले १४ वर्ष नेतृत्व गरेको पार्टी फुटाउने जस्तो अनैतिक र गैरराजनीतिक काम गर्नेले अरूलाई भोगी भन्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *