कृषि विकास बैंकद्धारा रोल्पामा वित्तीय साक्षरता कार्यक्रम सुरु


काठमाडौं । कृषि विकास बैंकले रोल्पामा वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ । बैंकले ग्लोबल मनी विक २०२३ अन्तर्गत सो कार्यक्रम सुरु गरेको हो ।
विद्यालय तथा विश्व विद्यालयमा अध्ययनरत युवा विद्यार्थी, स्थानीय युवा क्लव तथा महिला समूह, किसान तथा उद्यमीलाई लक्षित गरेर प्रत्येक प्रदेश कार्यालयमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कार्यक्रम अन्र्तगत पहिलो कार्यक्रम कृषि विकास बैंकद्धारा रोल्पा जिल्लाको गंगादेव गाँउपालिकाको मनिमारेमा सम्पन्न गरिएको छ ।
वित्तीय सेवामा युवा विद्यार्थीहरु, युवा तथा महिला समूह, किसानलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान दिने तथा वित्तीय पहुँच वढाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गएिको जनाइएको छ ।
प्रदेश कार्यालय दांग अन्तर्गत शाखा कार्यालय रोल्पाको आयोजनामा गंगादेव गाउँपालिका वडा नं ३ मनिमारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गरुङको प्रमुख आतिथ्य तथा सोही गाउँपालिकाका प्रमुख हरि वहादुर पुनको आतिथ्यमा सम्पन्न भएको बताइएको छ ।
कार्यक्रममा गुरुङले बैंक के हो, बैंकले के काम गर्दछ, कसरी बचत गर्ने, बचत गर्दा हुने फाइदा, बैंक खाताका प्रकारहरु, कसरी उद्यमशिलता विकास गर्ने, कृषि विकास बैंकले दिने विभिन्न सेवाहरु, किन कृषि विकास बैंकवाट कारोबार गर्ने लगायत किसानहरुको सेवामा सधै तल्लीन बैंकको विविध पक्षको बारेमा बताए ।