जनसंख्या सन्तुलित नभएकोमा प्रधानमन्त्रीको चिन्ता – Nepal Press

जनसंख्या सन्तुलित नभएकोमा प्रधानमन्त्रीको चिन्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनसंख्या सन्तुलित नदेखिएको बताएका छन् ।

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दै उनले कम उमेरको संख्या घट्दै गएको र बढी उमेरका जनसंख्या बढ्दै गएको देखिएकाले नेपालको जनसंख्या सन्तुलित नभएको बताएका हुन् । उनले यो चिन्ताको विषय रहेको बताए ।

प्रधानमन्त्रीले भने, ‘तथ्यांकले सुशासन, दिगो विकास र अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रतिवद्धता मापनमा सहयोग पुग्नेछ । तीनवटै तहका योजना बनाउन महत्वपूर्ण हुनेछ, जनसंख्याको वृद्धिदर घट्ने क्रममा छ, पहाड र हिमालको ग्रामीण भेगमा घट्ने, तराईमा बढ्दैछ । जनसंख्या व्यवस्थापनका विशेष कार्यक्रम ल्याउन जनगणनाले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

प्रचण्डले असन्तुलित बसाइसराइ व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याए । तथ्यांक प्रणालीको सुदृढीकरणमा जोड दिँदै उनले प्रस्तावित समयभन्दा जनगणना ५ महिना ढिला भए पनि चुनौतीपूर्ण काम रहेको बताए । जनगणनामा सहभागी सबैलाई प्रधानमन्त्रीले धन्यवाद दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *