कोका-कोला र डोको रिसाइक्लरद्वारा काठमाडौं र भरतपुरमा पिइटी सङ्कलन बिनहरू राखिँदै – Nepal Press

कोका-कोला र डोको रिसाइक्लरद्वारा काठमाडौं र भरतपुरमा पिइटी सङ्कलन बिनहरू राखिँदै

काठमाडौं । कोका–कोला र डोको रिसाइक्लरद्वारा काठमाडौं र भरतपुरमा पिइटी सङ्कलन बिन राखिने भएको छ ।

कोका–कोला नेपाल र डोको रिसायकलर्सको संयुक्त पहलमा काठमाडौं उपत्यका र भरतपुरमा १५ वटा जानकारीमूलक पीईटी कलेक्सन बिन राखिने कम्पनीले जनाएको छ । काठमाडौंका ९ स्थान र भरतपुरका ६ स्थानमा बिन राखिने जनाइएको छ ।

प्रयोजना अगस्ट २०२० मा स्थानीय अधिकारीको सहयोगमा सुरु भएको बोतल सङ्कलन अभियानको यो दोस्रो चरण रहेको जनाइएको छ । यस प्रक्रियामार्फत पिइटी बोतललाई पुन प्रयोगमा ल्याउन तथा जनचेतनामुलक सन्देश सर्वसाधारण माझ पुर्‍याउने उद्देश्यका साथ परियोजनाको सुरुवात गरिएको कम्पनीको भनाइ छ ।

यी बिनमा संकलन भएका बोतलहरु प्रत्यक हप्ता डोको रिसाइक्लरले संकलन र वर्गीकरण गरेर रिसाइक्लिङको लागि पिइटी रिकभरी प्लान्टमा पठाउँछ । पिइटी सामानहरु रिसाइकल गरेर नयाँ बोतलहरू, कन्टेनरहरू लगायत कपडा र कार्पेटको लागि फाइबरको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यस्ता बिनहरुबाट डोको रिसाइक्लरले हालसम्म करिब २ हजार १ सय ९५ केजी पिइटी बोतलहरु संकलन र रिकभर गरिसकेको समेत बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर