‘तक्मे बुढा’ को आरोपमा नारायण त्रिपाठीको आपत्ति, अमेरिकाबाटै दिए यस्तो प्रष्टीकरण – Nepal Press

‘तक्मे बुढा’ को आरोपमा नारायण त्रिपाठीको आपत्ति, अमेरिकाबाटै दिए यस्तो प्रष्टीकरण

काठमाडौं । एक जमानाको चर्चित हास्यकलाकार नारायण त्रिपाठी (प्रेम चरो) लामो समयदेखि गुमनाम छन् । कलाकारिता क्षेत्र त्यागेर अमेरिका पलायन भएपछि आफ्नै दुनियाँमा रमाइरहेका उनलाई दर्शकले भने बिर्सीएका छैनन् ।
हास्यकलाकार विल्सनविक्रम राई अर्थात ‘तक्मेबुढा’ले हालै एक अन्तरवार्तामा त्रिपाठीसँगको एउटा नमिठो प्रसंग सम्झिए । सञ्चारकर्मी प्रकाश सुबेदीले त्रिपाठीको फोटो देखाएर ‘उहाँलाई कुन रुपमा चिन्नुहुन्छ ?’ भनि सोधेका थिए । राईले त्रिपाठी आफ्नो अग्रज कलाकार भन्दै आफूले जीवनमा सबैभन्दा पहिले उनकै क्यारिकेचर गरेको बताए ।

‘म सानैदेखि उहाँको फ्यान हुँ, अहिले पनि धेरै आदर र सम्मान गर्छु’ राईले भने ।
तर, सुबेदीले भने एउटा पुरानो प्रसंग कोट्याए ।

‘साथी फिल्मको सुटिङमा तपाईंलाई उहाँले एक थप्पड हानेको भन्ने सुनेको छु, त्यो सत्य हो ?’ सुबेदीले सोधे ।

जवाफमा राई भने, ‘थप्पड त हान्नुभएको होइन । दमकमा चलचित्रको सुटिङ भइरहँदा म केही रोल पाइन्छ कि भनेर उहाँलाई भेट्न गएको थिएँ । उहाँलाई होटलको कोठामा भेटेँ । सायद उहाँ आफ्नै तनावमा हुनुहुन्थ्यो । मैले उहाँकै क्यारिकेचर गरेर सुनाएँ । तर, उहाँ रिसाएर मलाई समातेर बाहिर निकाल्नु भयो । अबदेखि मेरो क्यारिकेचर नगर्नु भन्नुभयो ।’

राईले त्यो घटनाले पनि आफूलाई कलाकार बन्न थप मद्दत गरेको बताए ।

‘सायद मैले त्यसबेला राम्रो क्यारिकेचर गरेको थिइनँ होला । तर, उहाँले त्यसो गरेपछि मलाई थप प्रेरणा मिल्यो । म अहिले पनि उहाँको क्यारिकेचर गर्छु,’ उनले भने ।

यो अन्तरवार्तालाई लिएर त्रिपाठीले भने राई र सुबेदीप्रति चित्त दुखाएका छन् । उनले टिकटकमा लामो भिडियो पोस्ट गर्दै आफ्नो प्रष्टिकरण दिएका हुन् ।

सुबेदी र विल्सनले बताएजस्तो घटना आफूलाई याद नभएको र त्यस्तो गरेको हुन पनि नसक्ने उनको भनाइ छ ।

‘कसैले आफ्नो क्यारिकेचर गर्दा खुशी हुने मान्छे हुँ । त्यसमाथि म बालबच्चाहरुसँग एकदमै रमाउँथे । उनीहरुलाई अनेक हर्कत गरेर हसाउँथेँ मैले त्यस्तो व्यवहार गरेको हुनै सक्दैन । आफ्नो भ्यूज बढाउनका लागि २७/२८ वर्षअघिका कुरा ल्याएर यस्ता बनावटी प्रश्न सोध्नु ठिक होइन,’ उनले भने ।

त्यस चलचित्रमा आफ्नो रोल आफैंले लेखेको सम्झिँदै त्रिपाठीले स्क्रिप्टको टेन्सनमा रहेको बेला विल्सन आएको हुन सक्ने अनुमान गरेका छन् ।

‘उहाँ आउनुभएको थियो होला । म आफ्नै तनावमा थिएँ होला । यदि मबाट गल्ति भएको भए सरी भन्न पनि चाहन्छु । तर, नराम्रो व्यवहार गरेँ होला भन्ने लाग्दैन । म त्यस्तो स्वभावको मान्छे हुँदै होइन,’ त्रिपाठीले भनेका छन् ।

नेपाल टेलिभजनमा प्रशारण हुने लोकप्रिय हास्यकार्यक्रम ‘ट्वाक्क टुक्क’ बाट उदाएका त्रिपाठी आफ्नो समयका सर्वाधिक व्यस्त र चर्चित हास्यकलाकार हुन् । फिल्म र सिरियलमा डिमान्डेड हुँदा हुँदै उनी अमेरिका पलायन भएका थिए ।

@narayantripathi24

#rajatpat #prakashsubedi #foryoupage❤️❤️❤️foryou💞💞💜viral💕foryou #fyp_nepalitiktok_nepalimusure❤️ #fyp_nepalitiktok_nepalimusure❤️ #fyp_nepalitiktok_nepalimusure❤️ #fypage #narayantripathi

♬ original sound – Narayan Tripathi


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *