सुनको भाउ बढ्यो, चाँदी स्थिर

२०७९ चैत १० गते ११:२४

काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८ सय कायम छ । हिजो १ लाख ९ हजार थियो ।
तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला १ हजार ३ सय ६० रूपैयाँमा स्थिर रहेको छ ।
प्रतिक्रिया