सन्दीप र अर्जुन द हन्ड्रेडमा ‘अनसोल्ड’ – Nepal Press

सन्दीप र अर्जुन द हन्ड्रेडमा ‘अनसोल्ड’

काठमाडौं । नेपाली स्टार स्पिनर सन्दीप लामिछाने फ्रेन्चाइज लिग ‘द हन्ड्रेड’ मा ‘अनसोल्ड’ भएका छन् । बिहीबार राति लन्डनमा भएको अक्सनमा उनलाई कुनै पनि टीमले बोली लगाएनन् ।

द हन्ड्रेडको ड्राफ्टमा सन्दीपसहित नेपालका अर्जुन साउद पनि अटाएका थिए । सन्दीपसँगै अर्जुन पनि अनसोल्ड भए ।

यस प्रतियोगिताको पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिसिबल्सले ६० हजार पाउन्डमा अनुबन्धित गरेको थियो । तर, भिसा समस्याका कारण उनले उक्त संस्करण गुमाएका थिए । दोस्रो र तेस्रो संस्करणमा उनी लगातार अनसोल्ड भएका छन् ।

द हन्ड्रेडको ड्राफ्टमा ३६८ जना खेलाडी रहेका छन् । यो प्रतियोगिता आउँदो १ अगष्टबाट सुरु हुँदैछ । यसमा ८ वटा फ्रेन्चाइज टीम सहभागी छन् ।

सन् २०२१ बाट सुरू भएको द हन्ड्रेड १०० बलको क्रिकेट हो । ईंग्ल्यान्डको क्रिकेट बोर्डले आयोजना गर्ने यो प्रतियोगिताका खेलहरू ईंग्ल्यान्ड र वेल्समा हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर