काठमाडौं हिँडेका बर्दिवासका मिटरव्याजीपीडीतप्रति प्रधानमन्त्रीको चासो – Nepal Press

काठमाडौं हिँडेका बर्दिवासका मिटरव्याजीपीडीतप्रति प्रधानमन्त्रीको चासो

काठमाडौं । मिटरब्याजीविरुद्ध आन्दोलनमा रहेका किसानहरुको समस्या समाधान गर्न सरकारले पहल थालेको छ ।

महोत्तरीको बर्दिवासबाट संघर्षका लागि काठमाडौं हिँडेका मिटरब्याजीपीडित किसानका समस्या समाधान गर्न र घर फर्काउन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्रीको निर्देशनअनुसार मकवानपुरका सीडीओ राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानून बनाउने काममा लागेको मिटरब्याजीका विरुद्ध सरकारले मुद्दा चलाइरहेको भन्दै घर फर्किन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए । पीडित किसानले भने कानून नबन्दासम्म नफर्कने बताएका छन् ।

पीडित किसानको समस्या समाधान गर्न गृहमन्त्रालयले कानून बनाउनका निम्ति कानूनको मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाइसकेको प्रेस संयोजक शर्माको भनाई छ ।

‘आजमात्रै पनि प्रधानमन्त्रीले कानून सचिवलाई कानूनलाई प्रस्तावको रूपमा आज अपरान्ह बस्ने मन्त्रिपरिषद् ल्याउन र संसदमा दर्ता गर्न भनिसक्नुभएको छ र आजभोलि नै त्यो कानून संसदमा दर्ता हुन जान्छ । प्रधानमन्त्री मिटरब्याजी पीडित किसानहरुको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ,’ शर्माले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर