रेडियोकर्मी कृष्णाको निधन – Nepal Press

रेडियोकर्मी कृष्णाको निधन

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।

रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले बताइन् ।

२०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् । पछिल्लो समय उनी पर्यटन क्षेत्रमा पनि सक्रिय थिइन् ।

ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा समर्पित थिइन् । ताम्राकारको केहीबेरपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर