केएमसीमा २२ वर्षदेखि विरासत जोगाउँदै अनेरास्ववियु, सभापतिमा जोशी – Nepal Press

केएमसीमा २२ वर्षदेखि विरासत जोगाउँदै अनेरास्ववियु, सभापतिमा जोशी

कैलाली । सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो क्याम्पस कैलाली बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले २२ वर्षदेखिको विरासतलाई निरन्तरता दिएको छ ।

२०५७ सालदेखि स्ववियु निर्वाचनमा जित हात पार्दै आएको अनेरास्ववियुले यस पटक पनि जितलाई निरन्तरता दियो ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कैलाली बहुमुखी क्याम्पसमा ८ गते मतदान भएको छ । उक्त निर्वाचनबाट अनेरास्ववियुका यमराज जोशी सभापतिमा विजयी भएका छन् ।

प्रतिद्वन्द्वी नेपाल विद्यार्थी सङ्घ(नेविसंघ) का हरिस खत्रीलाई पराजित गर्दै विजयी भएका हुन् । ७ सय २२ मतसहित जोशी विजयी हुँदा उनका प्रतिद्वन्द्वी खत्रीले ७०५ मत प्राप्त गरेका छन् ।

यस्तै, सचिवमा भने नेविसंघका सन्तोश पन्त ८५६ मतसहित विजयी भएका छन् । प्रतिद्वन्द्वी अनेरास्ववियूका रमेश बोहरालाई पराजित गर्दै पन्त विजयी भएका हुन् ।

बोहराले ५८३ मत ल्याए । कोषाध्यक्षमा पनि नेविसंघकै अम्बिका चौधरी विजयी भएकी छन् ।

प्रतिद्वन्द्वी अखिल(क्रान्तिकारी) दिनेशराज जोशीलाई पराजित गरेकी हुन् । चौधरीले ७६४ मत पाउँदा जोशीले भने ५७२ मत पाएका हुन् ।

४ हजार ३ सय बढि मतदाता रहेको यस क्याम्पसमा २ हजार ३ सय ६८ मत खसेको थियो ।

सभापतिमा निर्वाचित भए लगत्तै जोशीले समग्र विद्यार्थी हकहितका बिषयमा आवाज उठाउने बताए ।

यहाँ विगत २२ वर्षदेखि अनेरास्ववियु बाहेक अन्य विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचन जित्न सकेका थिएनन् । २०५७ सालमा सभापतिमा डेजि पाण्डेले जिते ।उनी हाल पार्टी जिल्ला सचिव छन् ।

२०६२ मा यज्ञराज ढुङ्गाना र २०७३ मा चुनामणि भट्ट निर्वाचित भएका थिए । अहिले पनि अनेरास्ववियुकै जोशी निर्वाचित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर