नेपाल कमर्स क्याम्पसमा रोकिएको स्ववियु चुनाव शनिबार हुने – Nepal Press

नेपाल कमर्स क्याम्पसमा रोकिएको स्ववियु चुनाव शनिबार हुने

काठमाडौं । नेपाल कमर्स क्याम्पसको स्थगित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शनिबार हुने भएको छ । गत चैत ५ गते निर्धारित निर्वाचन उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि स्थगित भएको थियो ।

त्रिविको निर्देशनबमोजिम चैत १२ भित्र निर्वाचन सम्पन्न गर्न भएको व्यहोराअनुसार क्याम्पस प्रशासन, निर्वाचन समिति र सम्वद्ध विद्यार्थी संघ संगठनका उम्मेदवारबीच भएको सहमतिका आधारमा चैत ११ गते शनिबार बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने क्याम्पस प्रमुख प्रा. ध्रुव प्रसाद सिलवालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर