महानगरले फोहोर गरेको भन्दै दुई जनालाई तिरायो १२ हजार – Nepal Press

महानगरले फोहोर गरेको भन्दै दुई जनालाई तिरायो १२ हजार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने दुई जनालाई १२ हजार जरिवाना गरेको छ । महानगरले चैत ९ गते कालिमाटी क्षेत्रमा सिपचन्द्र मण्डल र महानगरको ९ नम्बर वडामा सानोकान्छा भारतीलाई फोहोर गरेको भन्दै जरिवाना तिराएको हो ।

मण्डललाई महानगरले २ हजार र भारतीलाई १० हजार जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिकाले भारतीलाई घर निर्माण गर्दा उत्पादित फोहोरमैला सडकमा फालेको भन्दै १० हजार जरिवाना गरेको हो । महानगरपालिकाअन्तर्गतको नगर कार्यपालिका कार्यालयले उनलाई १० हजार जरिवाना गरेको हो ।

महानगरले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै महानगरले पछिल्लो समय यस्ता सामग्री हटाउने काम पनि गरिरहेको छ ।

भारतीले महानगरपालिकाको ९ नम्बर वटामा फुटपाथमा घर निर्माण गर्दा उत्पादित फोहोर राखेका थिए । सोही कारणले उनलाई महानगरले जरिवाना गरेको हो ।

त्यस्तै मण्डलले सार्वजनिक स्थानमा फोहोर फालेका कारण उनलाई २ हजार रुपैयाँ जरिवाना गराइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर