भैरहवा क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी – Nepal Press

भैरहवा क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

रुपन्देही । भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुले जितेकाे छ । कुनै पनि विद्यार्थी संगठनसँग सहकार्य नगरी एक्लै निर्वाचनमा उत्रेको अनेरास्ववियुको सिङ्गो प्यानल नै विजयी भएको हो ।

बुधबार भएको निर्वाचनको बिहीबार दिउसो मतपरिणाम सार्वजनिक भएको छ । अध्यक्षमा अनेरास्ववियुका सागर न्यौपानेले प्रतिस्पर्धी उम्मेदार भन्दा १५३ मत बढी ल्याएर विजयी भएको अनेरास्ववियुका नेता बालकृष्ण पाण्डेले जानकारी दिए ।

त्यसैगरी सचिवमा शनि कलवारले १ सय १० मत बढी ल्याएर विजयी भएका छन् । अध्यक्ष सचिवसहितको प्यानलबाट कोषाध्यक्षमा मनोज पन्थ, सदस्यहरुमा आशिष पन्थ, स्वेताकुमारी हरिजन, राजन गुप्ता, शैलेष यादव, मनोजकुमार यादव, प्रेमशंकर यादव, सुमनकुमारी शुक्ला र मोहित चौधरी निर्वाचित भएका छन् ।

रुपन्देहीमा रहेका दुई ठूला क्याम्पस बुटवल र भैरहवा बहुमुखी तथा हरैया र देवदह क्याम्पसमा अनेरास्ववियुले जितेको छ भने पक्लीहवा क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानलबाट अध्यक्ष अनेरास्ववियु र सचिवमा अखिलका उम्मेदार विजयी भएका छन् । बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पस, सिद्धार्थ क्याम्पस र मणिग्रामस्थित राममणि क्याम्पसमा विवादका कारण निर्वाचन भएको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर