कर्णाली प्रदेशका योजना आयोगका उपाध्यक्ष शाहीले लिए शपथ – Nepal Press

कर्णाली प्रदेशका योजना आयोगका उपाध्यक्ष शाहीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार मुख्यमन्त्री राजकुमार शर्माले शपथ गराएका हुन् । वुधबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले शाहीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

शाही २०७६-०७८ मा कर्णाली प्रदेश योजना आयोगका सदस्यसमेत हुन् ।

शाहीले गत निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट दैलेख निर्वाचन क्षेत्र नं. २ (ख)बाट चुनाव लडेका उनी पराजित बनेका थिए ।

उनी त्रिभुवन विश्वविद्यालयबाट भूगोल र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकासमा एमफील गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर