रोकिएन खेलाडी पलायन, सुजल र रजिन पनि अष्ट्रेलियातर्फ – Nepal Press

रोकिएन खेलाडी पलायन, सुजल र रजिन पनि अष्ट्रेलियातर्फ

काठमाडौं । नेपाली फुटबलमा खेलाडी पलायन अझै रोकिने स्थितिमा देखिएको छैन । एक पुस्ताका लगभग सबै खेलाडी अष्ट्रेलिया पुगिसकेका छन् ।

त्यसैमा आज नेपाली राष्ट्रिय टिमका लेफ्ट ब्याक रजिन धिमाल र विङ्गर सुजल श्रेष्ठ सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया उड्ने भएका छन् ।

मच्छिन्द्र फुटबल क्लबबाट शहीद स्मारक एडिभिजन लिग खेलिरहेका दुवै खेलाडी आज राति अष्ट्रेलिया प्रस्थान गर्दैछन् । लगातार दुई पटकको च्याम्प्यिन मच्छिन्द्रको कप्तान र राष्ट्रिय टीमको पूर्व कप्तानसमेत रहेका सुजलले सन् २०११ मा भुटानविरुद्धको खेलमा राष्ट्रिय टीमबाट डेब्यू गरेका थिए । नेपालका लागि ३७ अन्तर्राष्ट्रिय खेल खेलेका सुजलले तीन गोल गरेका छन् ।

यस्तै, रजिनले सन् २०१४ मा फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गर्दै नेपालका लागि १० खेल खेलेका छन् ।

गत महिना सुनिल बल अष्ट्रेलियातर्फ लागेका थिए । यो एक वर्षमा एक दर्जन भन्दा बढी राष्ट्रिय खेलाडी अष्ट्रेलिया पलायन भएसँगै नेपाली टिममा अनुभवि खेलाडीको अभाव खड्कीन थालेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *