एसीसी प्रिमियर कपको नयाँ खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालले मलेसियासँग खेल्ने – Nepal Press

एसीसी प्रिमियर कपको नयाँ खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालले मलेसियासँग खेल्ने

काठमाडौं । एसियन क्रिकेट काउन्सिल(एसीसी)ले आगामी महिना नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको नयाँ खेल तालिका सार्वजानिक गरेको छ ।

पहिला सर्वजानिक गरेको खेल तालिकालाई फेर बदल गर्दै एसीसीले नयाँ तालिका सार्वजानिक गरेको हो । यसअघि, नेपाल र यूएई एकै समूहमा थिए । अहिले नेपाल रहेको समूह ‘ए’ मा ओमान, कतार, मलेसिया र साउदीअरब छन् भने समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

अप्रिल ११ देखि सुरु हुने प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । दोस्रो खेल अप्रिल २१ मा ओमानसँग, तेस्रो २४ अप्रिलमा बहराइनसँग र समूह चरणको अन्तिम खेल २७ अप्रिलमा कतारसँग खेल्नेछ ।

दुवै समूहका शिर्ष दुई टीमले सेमिफाइनल खेल्नेछन् । सेमिफाइनलका दुवै खेल अप्रिल २९ मा हुनछन् । भने फाइनल मे १ मा हुनेछ ।

यस प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एशिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउनेछ भने शीर्ष तीन टीमले जुलाईमा आयोजना हुने ‘एसीसी इमर्जिङ टिम्स’ एसिया कप खेल्न पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर