लोसपाको निर्णय- सरकारमा जाने, बारा २ मा उम्मेदवारी दिने – Nepal Press

लोसपाको निर्णय- सरकारमा जाने, बारा २ मा उम्मेदवारी दिने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले दश दलीय गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा जाने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकपछि गठबन्धन दलसँग कुरा गर्ने जिम्मेवारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको नेता शरदसिंह भण्डारीले बताए ।

अहिलेको गठबन्धनलाई पाँच बर्षसम्म टिकाएर लानुपर्ने बताए ।

उनले भने, ‘जनताले चुनावबाट गठबन्धनलाई अनुमोदन गरेका थिए । तर, सरकार बन्ने बेलामा राजनीति ट्रयाक बाहिर गयो । अहिले ट्रयाकमा फर्केको छ। यसलाई पाँच बर्षसम्म जोगाएर लानुपर्छ ।’

यस्तै, बैठकले पार्टीलाई नयाँ शिराबाट विकास गर्नको लागि संगठनलाई सदृणिकरण अभियान चलाउने बताए । उनले वैशाख १० गते हुने उपनिर्वाचनमा पनि जिम्मेवार पार्टी भएकाले भाग लिने मनसायको साथ अघि बढ्ने निर्णय गरेको बताए ।

भनेपछि बारा २ मा लोसपाले पनि उम्मेदवारी दिन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘मधेश प्रदेश हाम्रो आधार भूमि हो । त्यो भएकाले हाम्रो भूमिका रहन्छ नै । हामी गठबन्धन दलको सदस्य पनि हौं । यो गठबन्धन निर्वाचनको लागि बनेको हाृेइन। पार्टी विस्तार गर्न र आफ्नो प्रभाव क्षेत्र हेर्नको लागि पनि स्वत उम्मेदवारी रहन्छ नै ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर