चाँदी आयात भुक्तानी गर्न डलर सटहीको सीमा बढ्यो, कति पुग्याे ? – Nepal Press

चाँदी आयात भुक्तानी गर्न डलर सटहीको सीमा बढ्यो, कति पुग्याे ?

काठमाडौं । चाँदी आयातमा भुक्तानीको लागि सटही गरिने अमेरीकी डलरको सीमा नेपाल राष्ट्र बैंकले बढाएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७८ संशोधन गर्दै चाँदी आयातको लागि भुक्तानी दिन डलर सटहीको सीमा बढाएको हो ।

यसअघि प्रतिपटक ३५ हजार अमेरीकी डलरसम्म सटही सुविधा दिँदै आएको केन्द्रीय बैंकले सोको सीमा बढाएर ६० हजार अमेरीकी डलरसम्म पुर्याएको छ ।

तर, चाँदीको गरगहना/कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई भने निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी/ प्रतीतपत्र वा विदेशबाट खरिद आदेश दिन सकिने छ । सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए/नभएको यकिन गर्नु पर्नेछ ।

सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन वक्यौता नरहेको सम्बन्धी स्वघोषणा चाँदी व्यवसायीसँग लिनु पर्नेछ ।

सुनचाँदीको कारोबारमा संलग्न स-साना व्यवसायीले गरगरगहना, हस्तकला लगायतका सामान बनाउन आफूलाई आवश्यक पर्ने चाँदी बाणिज्य बैंकहरूबाट मासिक १ किलोग्राम सम्म खरिद गर्न सक्ने व्यवस्था छ । तर निर्यातको हकमा भने मासिक १ केजीको प्रावधान लागु नहुने केन्द्रिय बैंकले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर