निर्यात एक खर्ब नाघ्यो, मुलुकको व्यापार घाटा साँघुरियो – Nepal Press

निर्यात एक खर्ब नाघ्यो, मुलुकको व्यापार घाटा साँघुरियो

काठमाडौं । मुलुकको निर्यातले ८ महिनामा एक खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनासम्मको तथ्यांकले एक खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको देखाएको छ ।

गत वर्षको यसै अवधिमा मुलुकले एक खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात गरको थियो । जुन अहिलेको तुलनामा २९ प्रतिशत बढी हो ।

८ महिनामा १० खर्ब ५८ अर्ब रुपैयाँभन्दा बढीको मालवस्तु आयात भएको छ । यो गतवर्षको यसै अवधिको तुलनामा १९.१३ प्रतिशतले कम हो । गत वर्ष मुलुकभित्र १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

योसँगै चालू आर्थिक वर्षको ८ महिनामा मुलुकको वैदेशिक व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । आयात निर्यात दुबै घट्दा मुलुकको वैदेशिक व्यापार घाटा १७ प्रतिशतले साँघुरिएको भन्सार विभागले जनाएको छ ।

छिमेकी मुलुक चीनसँगको व्यापार घाटा १ खर्ब ४५ अर्ब २६ करोड रुपैयाँ रहेको छ । सबैभन्दा धेरै आयात हुने भारसँगको व्यापार घाटा ५ खर्ब ८२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । भारतबाट यो ८ महिनामा ६ खर्ब ५६ अर्बको मालवस्तु आयात भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर