ललितपुर ११ लाई हराउँदै सुदूरपश्चिमको विजयी सुरुआत – Nepal Press

ललितपुर ११ लाई हराउँदै सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौं । ललितपुर मेयर्स महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुर मेयर ११ लाई ४१ रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले उत्कृष्ट सुरुआत गरेको हो ।

टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १ सय ३८ रनको लक्ष्य ललितपुर सामु प्रस्तुत गरेको थियो ।

दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८६ रन मात्रै बनायो ।

ललितपुरको ब्याटिङमा ओपनर लक्ष्मी चौधरीले सर्वाधिक २५ रन योगदान गरिन् । कन्चन श्रेष्ठ १६ रनमा आउट हुदा, हेलिसा गुरुङले १९ रन जोडिन । त्यो बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमको बलिङमा रितु कानोउज्याले ४ ओभरमा १६ रन खर्चिएर दुई विकेट लिइन् ।

पहिला ब्याटिङ गरेको सुदूरपश्चिमका लागि दोस्रो नम्बरमा क्रिजमा उत्रिएकी सम्झना खड्काले सर्वाधिक ५१ रनको अविजित इनिङ खेलिन् । उनले ४५ बल खेल्दै ६ चौका प्रहार गरिन् ।

कप्तान विन्दु रावल १४ बलमा ४ चौकासहित १८ रनमा आउट हुँदा रुवि पोदारले ३३ बलमा २८ रन योगदान गरिन् । भने, कविता जोशी २८ बदमा २ चौका र एक छक्कासहित २७ रनमा अविजित रहिन् ।

ललितपुरको बलिङमा कृतीका मरासिनीले ४ ओभरमा एक मेडन राख्दै २४ रन खर्चिएर दुई विकेट लिँदा सोनी पाख्रिनले एक विकेट लिइन् ।

आज हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर